कोशीमा सरकारका लागि संसद छल्ने प्रतिस्पर्धा

कोशीमा सरकारका लागि संसद छल्ने प्रतिस्पर्धा

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशसभामा दल उपस्थितको गणितीय सन्तुलनको ‘असन्तुलन’ ले संसद छल्ने प्रतिस्पर्धा चल्न थालेको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार जोगाउका संसद भित्रको अंकगणित सन्तुलन मिलाउन कसले कसरी छल्ने भन्ने प्रतिस्पर्धा सुरु भएको हो ।

सभामुख समेतको हस्ताक्षरमा मुख्यमन्त्री नियुक्त सर्वोच्चले बदर गरेपछि पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । उनी मुख्यमन्त्री बन्न कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सभामुखको राजीनामापछि उपसभामुखले संसद सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुख एमाले भएका कारण मुख्यमन्त्रीमा थापालाई विश्वासको मत दिलाउन सभा किन सञ्चालन गर्ने भन्ने तयार मनस्थितिमा रहेकी छिन् ।

सभामुखले राजीनामाबाट र उपसभामुखले संसद बैठकमा अनुपस्थित भएर संसद छल्ने पक्का भएपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा संसदको बैठक सञ्चालन हुनुपर्ने हुन्थ्यो ।
कोशी प्रदेशभाका जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्रीमा नियुक्त बुधबार गरिएको छ । मण्डल काँग्रेस हु्न् । मुख्यमन्त्री थापा नेतृत्वको सरकारको कृषि राज्यमन्त्रीमा मण्डल नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख पर्शराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनियताको शपथ गराएका छन् ।

थापा नेतृत्वको सरकार जोगाउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि प्रदेशसभा सभामुख विहीन थियो । सभामुख गौतमलाई राजीनामा गराएपछि उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने सत्ता गठबन्धनका दलहरुलाई छ । उपसभामुख दनुवार नेकपा (एमाले) भएका कारण राजीनामा गराएर प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य मण्डले गर्नुपर्ने बाध्यता सिर्जना हुनसक्ने भयले उनलाई मन्त्री बनाइएको छ ।
मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नुपरे सरकारले विश्वासको मत लिनुपर्ने सख्या पुग्दैन । मण्डल सत्ता गठबन्धन दल नेपाली काँग्रेसका सांसद हुन । त्यही संवैधानिक बाधा र असहज परिस्थितिलाई पाखा लगाउँदै थापा नेतृत्वको सरकारले बुहमत जुटाउन सांसद मण्डललाई सरकारमा समाहित गरिएको हो ।
उपसभामुखको राजीनामको कुरा भएको छैन : एमाले
यता, नेकपा एमाले संसदीय दलका नेता रेवतीरमण भण्डारीले उपसभामुखले राजीनामा दिने कुरा नै नभएको बताउँछन् । पार्टीले पनि उपसभामुखलाई राजीनामा दिने कुरा नगरेको बताउँदै उनले अहिले राजीनामा दिनु समाधान नभएकाले कानुन, नियम बमोजिम पुरा गर्ने बताए ।
‘उपसभामुखले अहिले राजीनामा दिने कुरा गर्नुपनि भएको छैन, पार्टीले उहाँलाई राजीनामा गर्नुस् पनि भनेको छैन । अहिले राजीनामा दिनु समाधान होइन उहाँले आफ्नो जिम्मेवारी कानुन, नियम बमोजिम पुरा गर्नु होला, गर्नुहुन्छ नै,’ उनले भने,‘ त्यसैले राजीनामा गर्नुस भनेर हामीले औपचारीक ढंगले भन्न त मिल्दैन । उहाँ आफ्नो कार्याकाल भरी स्वतन्त्र नै हुनुहुन्छ तर अनौपचारिक ढंगले पनि हामीले भनेका छैनौ ।’ सभामुख र उपसभामुखको राजीनामा दिलाउने र सरकार टिकाउनको पक्षमा उपयुक्त हो भन्ने नेकपा एमाले त्यो पक्षमा नभएको बताए ।
यदि अन्तिम अवस्थमा पार्टीको निर्देशन अनुसार उपसभामुख दनुवारले राजीनामा दिइन् भने ज्येष्ठ सदस्यका आधारमा राप्रपाका अमर विष्ट, कांग्रेसका इस्राइल मन्सुरी लगायतका सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आउँछ । राप्रपा एमालेसँगको गठबन्धनमा भएको नाताले राप्रपाले सरकार टिकाउने गठबन्धन दलको प्रयासमा सहयोग दिन्छ भन्नेमा पनि सत्ता गठबन्धन ढुक्क छैनन् ।
चाँडै विश्वासको मत लिन्छु : मुख्यमन्त्री थापा
मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् ।
उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईंको शपथपछि सञ्चारकर्मीसँग आफ्ना् धारणा राख्दै यस्तो बताएका हुन् । मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिदैँ विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने समेत बताए । यता, एमाले संसदीय दलका नेता भण्डारीले गठबन्धन दलले विश्वासको मत माग्ने क्रममा कारण, सर्त देखाएर आए विश्वासको मत दिने कि नदिने भन्ने विषयमा सकारात्मक छलफल गर्न तयार रहेको बताए । उनले भने,‘ माग्दै नमागि त दिइ हाल्छौ भन्दै हिँड्न पनि भएन हामीले त्यसैले उहाँहरुले सर्त, कारण र आधारसहित हामीहरुसँग विश्वसको मत माग्नुभयो भने विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गरेर निशर्षमा पुग्न सक्छौँ ।’

यस्तो छ संसदको अंकगणित
प्रदेश सभामा नेपाली कांग्रेसका २९ सांसद छन्। गठबन्धनका अन्य दलहरू माओवादी केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टीका एक सांसद छन्। ४७ जना संख्या पुग्ने गठबन्धनलाई यसअघि सभामुखको पद बहुमत पु¥याउन बाधक बनेको थियो । साउन १६ मा मुख्यमन्त्री नियुक्त थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। प्रदेशसभा बैठक भदौ १ मा बस्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्