संखुवासभा कारागारमा पासविक यातानाबाट दुई कैदीको मृत्यु भएको मानवअधिकारकर्मीको निष्कर्ष

संखुवासभा कारागारमा पासविक यातानाबाट दुई कैदीको मृत्यु भएको मानवअधिकारकर्मीको निष्कर्ष

विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा राज्यको नियन्त्रणमा भएका नागरिकलाई यातना दिएका कारण मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुको छ ।

गत बुधबार संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीमाथि कारागार भित्र निर्मम यातना दिइएको थियो ।

उनीहरुलाई कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै अस्पताल लगिएको अधिकारकर्मीहरुको दावी छ । मृतक दुई जनाले कारगारबाट भाग्ने प्रयास गरेको आरोपमा उनीहरुमाथि आक्रमण भएको हो ।

कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरु बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा नभएपनि प्रहरीले नियन्त्रणमा लिएर यातना दिएर कारागारका सुरक्षाकर्मीलाई जिम्मा लगाएको थियो । त्यसपछि कारागार सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको निष्कर्ष छ ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय संखुवासभाले गरिरहेको छ । प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पूर्जी जारी भएपछि निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदारका अनुसार दुई जना विरुद्ध किटानी जाहरे परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्