कोशीमा ‘हेल्लो डिआईजी साब्’ भन्दै गुनासो राख्दै तल्लो दर्जाका प्रहरी

कोशीमा ‘हेल्लो डिआईजी साब्’ भन्दै गुनासो राख्दै तल्लो दर्जाका प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखले मातहतका तल्लो दर्जाका प्रहरी कर्मचारीसँग ‘प्रदेश प्रहरी प्रमुख’ सँग टेलिफोन कार्यक्रम सुरु गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका हुन् ।

मातहत तल्लो दर्जा सम्मका प्रहरी कर्मचारीहरुको उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले टेलिफोन संवाद कार्यक्रम राखिएको हो ।

प्रदेश प्रहरी प्रमुख समक्ष पिरमार्का तथा गुनासो राख्नको निमित्त प्रदेश प्रहरी कार्यालय विराटनगरले असार २९ गतेदेखि नै सुरुवात गरेको थियो ।

महिनाको पहिलो र तेस्रो शुक्रबार यो कार्यक्रम गरिदैं आएको छ । पहिलो एक महिनासम्म यसको प्रभावकारीता हेरेर मात्रै कार्यक्रम बारे बाहिर जानकारी दिइएको छ । यो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्रता दिईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्