आफन्तको खोजी

आफन्तको खोजी

-सविना श्रेष्ठ
कुनै बेला म भौतारिएको थिए
बेवारिसे जस्तै बनेको थिए
त्यति बेला म आफन्तको
साथ खोजिरहेको थिए

जब जब मलाई मेरा आफन्तको
साथ अनि जरुरत थियो
तेति बेला मेरा आफन्तहरु
आ आफ्नै दुनियाँमा थिए
सायद वाहाँहरुले मलाई
आफन्त भनेर चिन्न सक्नु भएन
या आफन्त ठान्नु भएन
तर ,म त्यही पीडाले भौंतारिरहेको थिए
पिरोलीई रहेको थिए।
हो,
कहिं देख्छुकि ? कहिं भेट्छुकि?
भन्ने आशामा मेरा आफन्तहरुलाई ।
शहरका गल्ली -गल्ली ,चोक -चोक अनि
कुना -कुनामा जताततै खोजिरहे
मेरा यी निर्दोष पाईलाहरुले ।
निराश थिएँ र थकित पनि थिए
तर
विश्राम लिएका थिएनन मेरा आशाहरुले
नभेट्दा सम्म मेरा आफन्तलाई ।
हार खाएँ तनाव भोगेँ
एक्लो पनमा म हिँडिरहे
कहिँ भेट्न सकिन आफन्त र
आफ्नो पना ।

जब म विश्राम लिन पुगेँ
अनन्त सम्मको यात्रा
तय गरेर
आफन्तहरु आए
फूलका थुंगा र गुच्चाहरु
ल्याएर मलाई घचघचाउन र उठाउन खोज्दैछन
म चिर निन्द्रामा निदाएको बेला
एकैछिन मेरो स्वासले सास फेर्न
थकाई मारेको बेला।

अँजुली भरी पानी लिएर
सद्भाव बटुल्न आएँ
मलाई ब्युझाउन आए
तर म चिर निन्द्रामा छु
न ब्युझिने गरि निदाएको छु
सदा सदा को लागि।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्