- सृष्टि सावित्रा
समय पर्खिनै मान्दैन हतार भएर
म उसैलाई पर्खिन्छु लाचार भएर
प्रेमी पछुतो गर्छ फटाहा भएकोमा
मलाई पछुतो लाग्छ,इमान्दार भएर
मनसम्म पुग्नुपर्छ सोचेकै छैन उसले
हिँड्छ मेरै आँखाको वारपार भएर
आमा गइन् सँगै गए मेरो खुशी पनि
मन बुझ्दैन के गर्नु, यो संसार भएर
तिमीले व्यापारी बन्ने ठुलै अवसर पायौ
जब मैले भुमिका निभाए बजार भएर