इटाली पठाइदिने भनी लिबिया पु¥याइएका सत्र भारतीय युवा स्वदेश फिर्ता

<span class='c1'>इटाली पठाइदिने भनी लिबिया पु¥याइएका</span> <span class='c2'>सत्र भारतीय युवा स्वदेश फिर्ता</span>

ट्युनिसियास्थित भारतीय दूतावासले लिवियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ ।

ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत दिइएको जानकारीमा भनिएको छ, “लिबियास्थित भारतीय दूतावासले पञ्जाब र हरियाणाका १७ जना भारतीय नागरिकलाई आइतबार सकुशल स्वदेश फर्काएको छ । २० अगस्ट २०२३ मा गल्फ एयरको उडानबाट उनीहरू २०ः३० बजे सकुशल भारत पुगेका थिए ।”

आम आदमी पार्टी (आप) का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गर्नुभएको थियो ।

ट्राभल एजेन्टले इटाली पठाइदिने भन्दै ठगी गरेका कारण उनीहरु विगत छ महिनादेखि लिबियामा थिए ।

सामाजिक सञ्जाल एक्समा विक्रमजीत सिंह साहनीले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र हरियाणाका मुख्यमन्त्री मनोहर लाललाई इटाली जाने योजना बनाएका तर लिबिया पठाइएका यी युवाहरूलाई ठग्ने एजेन्टहरूविरुद्ध तत्काल कारबाही गर्न आग्रह गर्नुभएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्