सिरहाको लहानमा निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर हुने

<span class='c1'>सिरहाको लहानमा निःशुल्क कृत्रिम</span> <span class='c2'>हातखुट्टा प्रत्यारोपण शिविर हुने</span>

लहान । सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग प्रत्यारोपणका लागि नापजाँच शिविर सञ्चालन गरिने राष्ट्रिय मारवाडी युवा मञ्चले जनाएको छ ।

सामाजिक उत्तरदायित्वस्वरुप यस प्रकारको कार्यक्रम सञ्चानल गर्न लागिएको मञ्चका अध्यक्ष राहुल सार्दाले बताउनुभयो । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले समयसमयमा सामाजिक क्षेत्रमा काम गर्दै आएका उहाँले बताउनुभयो । “पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुका लागि शिविर सञ्चालन गर्दैछौँ”, सार्दाले भन्नुभयो, “के कस्तो प्रतिक्रिया आउँछ, हेरेर आगामी वर्षहरुमा निरन्तरता दिनेछौँ ।”

उहाँका अनुसार शिविरमा नारायण सेवा संस्थानबाट आएका प्रतिनिधिले शारीरिक रूपमा अस्वस्थ (हातखुट्टा नभएका) व्यक्तिको कृत्रिम अङ्ग निर्माण तथा प्रत्यारोपणका लागि नापजाँच गर्ने छन् । “नापजाँच पछि छिमेकी राष्ट्र भारतमा कृत्रिम अङ्ग निर्माण हुनेछ”, सार्दाले भन्नुभयो, “त्यसका लागि डेढ–दुई महिना लाग्नेछ । कृत्रिम अङ्ग निर्माणपश्चात् प्रत्यारोपणको तयारी गरिने छ ।”

उक्त शिविरमा करिब दुई सय अपाङ्गता भएका व्यक्तिले लाभ लिन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । यस कार्यबाट शारीरिक रुपमा हातखुट्टा नभएका व्यक्तिलाई राहत पुग्ने अपाङ्गता पुनःस्थापना केन्द्र लहानका अध्यक्ष सञ्जय अग्रवालले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्