झापा र मोरङबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

झापा र मोरङबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ साढे ५ बजे बिर्तामोड नगरपलिक-४ नयाँ बिजुली अफिस छेउबाट स्थानिय ३५ बर्षीय सन्तोष भन्ने तेज बहादुर राई र ३८ बर्षीय राज भन्ने कृष्ण लिम्बुलाई १० ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट नेपालतर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-८ का २६ बर्षीय बिशाल सिंहलाई लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले १ ग्राम २८ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका तिनैजनाको घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्