कोशी प्रदेशका मुख्यमन्त्री थापा विरुद्धको रिट न्यायधीश खतिवडाको इजलासमा

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री थापा विरुद्धको</span> <span class='c2'>रिट न्यायधीश खतिवडाको इजलासमा</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गर्न माग गर्दै दायर गरेका थिए । कार्कीले थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसमेत रिटमा गरेका छन् ।

सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको दाबी गरेका छन् । न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाई गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्