फेसबुकको जालोमा मेयर ‘हर्क साम्पाङ’,अशान्ति बन्दै धरान

<span class='c1'>फेसबुकको जालोमा मेयर ‘हर्क</span> <span class='c2'>साम्पाङ’,अशान्ति बन्दै धरान</span>

सुजता लिम्बू
विराटनगर । ‘सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली’
राष्ट्रगानले सम्पुर्ण नेपालीलाई एक सुत्रमा बाँधिदिएको छ ।

तर, पछिल्लो समय सुनसरीको धरानमा देखिएको सामाजिक एकता भड्किने संभावनाको कारणमाथि उल्लेखित राष्ट्रगानले दिन खोजको भावमाथि अन्याय गरिरहेको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिएको नेपालमा एकले अर्काको परम्परा, धर्म, संस्कृतिलाई प्रश्न उठाउँदै भएको बहसले धरानलाई मात्रै होइन सिंगो देशलाई अशान्ति बनाउला भन्ने चिन्ता जन्माएको छ । धरान आफैंमा शिक्षा र विकासले फड्को मारेको स्थान हो ।

तर, पछिल्लो समय यहीँ ठाँउमा धार्मिक साथै विविध विषयमा बहस र विवाद उठ्दै गर्दा सामाजिक सद्धभावप्रति नकारात्मक असर पर्ने देखिएको छ । धरानमा मन्दिर अगाडि चर्च निर्माण हुँदा उठेको बहस होस् या गोरु काटेर मासु खाएको यी दुवै विवादमा समाजलाई दुई भागमा विभाजन गरिरहेको छ ।

गत साउन ३२ मा धरानमा गोरुको मासु खाँदै गरको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । गोरुको मासु खाएको भिडियो भाइरल भएपछि यतिबेला हिन्दु धर्मको आस्थामाथि खिसिट्यूरी गरेको भन्दै बहस चर्किन थालेको छ ।
गोरु काटेको अभियोगमा पक्राउ परेका विन्द्राकुमार राई र राजन परियार थुनामुक्त भएको खुसीयालीमा भोज लगाइएको बताइएको थियो ।
सार्वजनिक भिडियोमा भोज खाँदै ‘गाई गोरुको मासु खाएपछि अब संविधान पनि संशोधन गर्नुपर्ने’ बताइएको थियो ।
नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई राखिएको छ । त्यस्तै, मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद-२७ मा गाई गोरु काट्न नहुने उल्लेख छ ।

गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ । संविधानमा उल्लेखित विषय माथि प्रहार गरिएको भन्दै गोरु काटेर मासु खाएको विषयलाई प्रशासनले समेत निन्दा गरेका थिए ।
गोरु काटेर भोज गर्नेहरुलाई कार्वाहीको माग राख्दै विश्व हिन्दू परिषद नेपालले सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापनपत्र समेत बुझाएको छ । भने, भदौ ९ गते धरानमा हत्या गरि मासु खानेलाई कारबाही र यस्ता घटना दोहोरिन नदिन विश्व हिन्दू परिषद नेपालले विशाल विरोध प्रदर्शन गर्ने भएको छ ।

यता, राष्ट्रिय जनमुक्ति पार्टी सात घटकले भने आफ्नो मौलिक हक र अधिकार प्रयोग गरी गोबध गरेर मासु सेवन गरेकै कारण धरानमा निर्दोष आदिवासी, मुलवासी र दलित माथि प्रशासनले दिएको मानिसिक यातना र त्रास तत्काल अन्त्य हुन अवाश्यक रहको भन्दै संयुक्त प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेको छ ।

बेपर्वाह नगर प्रमुख
धर्म, संस्कार र संस्कृतिकै विषयमा चर्को बहस हुँदै गर्दा धरान महानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) भने फेसबुकको जालोबाट उम्किन सकेका छैनन् । दैनिक जस्तो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफ्नो धारणा व्यक्त गर्दैगर्दा स्थानीय सरकारको प्रमुख भएको हैसियतले हिंसामुक्त र विवादरहति धरान बनाउने रणनीतिमा उनि देखिएका छैनन् । संवेदनशिल विषयमा धरानमा नगरप्रमुख बेपरवाह रहेको नागरिकहरुको बुझाई छ ।

उनले सामाजिक सञ्जालमार्फत नै आफ्नो धारणा व्यक्त गर्दै ९ गते धरानमा आएर अशान्ति मच्याउन नपाइने बताएका छन् । उनले भनेका छन्,‘ यो ९ गते धरान बाहिरबाट धरान आएर लड्ने भिड्ने कुरा गरेको सुनेको छु । खबरदार यो धरान कसैको रेस्लिङ अर युएफ्सी रिङ होइन, हामी धरानेहरु मिलेर बसेका छौं । अशान्ति मच्याउन पाइन्न है हाम्रो शहरलाई अनवश्यक कृडा स्थल बनाउन दिँदैनौ । सबैले संयम अपनाउनु होला ।’

जातीय सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता भनेको एउटाले अर्कोमाथि अतिक्रमण गर्ने कुरा नरहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका संघीय उपाध्यक्ष कमन देवान बताउँछन् ।

एउटै समाजमा अनेक जाति, धर्म, सम्प्रदाय सहित मांसहारी र साकाहारी मिलेर बस्नु उचित रहको बताउदै उनी मांसाहारीबीच पनि कुनै जनावर विशेष वा पंक्षी विशेषको मासु खाने र नखानेबीच मिलेर बस्नु रहेको तर्क गर्छन् ।
‘गाई गोरु कसैको निम्ति माता पिता हो भने कसैको निम्ति मिष्ठान्न आहार हो । पुज्नेले पुज्न र खानेले खान पाउनुपर्छ । त्यो चाहिँ सद्भाव र सहिष्णुता हो । ’ उनी भन्छन्,‘ त्यसैले जातीय युद्धको धम्की कसैले कसैलाई दिनुको तुक छैन । यस्ता बकम्फुसे हल्ला फिँजाउने काम बन्द गरौं ।’

युवा पुस्तामा राजनीतिक नेतृत्वको रुपम परिचित विराटनगरका वोसिम आलम आफ्नो संस्कार र परम्पराले दिएको विषयलाई सार्वजनिकरुपमा देखाउन जरुरी नहेको बताउँछन् ।
‘म मुस्लिम समुदायको हुँ, मेरो धर्म र परम्परा अनुसार सुगुर नखानु भन्छ उचारण समेत नगर्नु भन्छ तर गोरु गाई खान हुन्छ, यसो भन्दै गर्दा काटेर देखाएर खानु जरुरी पनि त छैन ।’ उनी भन्छन्,‘तर, छिमेकीलाई सुगुर खान उसको परम्पराले दिएको छ भन्दैमा मेरो आँगनमा ल्याएर देखाएर खाँदा मलाई कस्तो हुन्छ ? त्यसैले धर्मले दिएको कुरालाई प्रचार गरेर यद्ध गर्ने काम कसैले गर्नुहुँदैन ।’ यस्ता संवेदनशिल विषयमा सरकारको पनि ध्यान आकर्षण हुन जरुरी रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्