विराटनगरको इडेनवर्ग इन्टरनेशनल कलेजमा पब्लिक हेल्थदेखि व्यवस्थापन संकायको स्नातक कोर्ष सञ्चालनमा

<span class='c1'>विराटनगरको इडेनवर्ग इन्टरनेशनल कलेजमा पब्लिक हेल्थदेखि</span> <span class='c2'>व्यवस्थापन संकायको स्नातक कोर्ष सञ्चालनमा</span>

विराटनगर । विस २०६६ सालदेखि संचालनमा आएको इडेनवर्ग इन्टरनेशनल कलेजले निरन्तर पठनपाठन गराउदै आएको छ।

विराटनगर–९ मा रहेको कलेजले विगत १४ वर्षदेखि पठनपाठन गराउदै आएको हो।

लामो इतिहास बोकेको उक्त कलेजबाट हजारौ विद्यार्थी नेपाल र विश्वका विभिन्न देशमा सफल रुपमा काम गरिरहेका कलेजले जनाएको छ ।

पूर्वान्चल विश्वविद्यालय अन्तर्गतको स्नातक तहको ब्याचलर अफ बिजनेस एडमिनिष्ट्रेसन (बीबीए),ब्याचलर अफ पब्लिक हेल्थ(बीपीएच)
स्नातकोत्तरमा मास्टर अफ एजुकेशन (एमईडी) को पठनपाठन भईरहेको कलेजका प्रबन्ध निर्देशक राजेश कुमार यादवले जानकारी दिए।

दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण गराईने हुँदा विगतको वर्षहरुमा राम्रो नतिजा ल्याउन सफल भएको प्रबन्ध निर्देशक यादवले बताए।

प्रत्येक वर्ष शैक्षिक अवलोकन भ्रमणका लागि देश तथा विदेश लगिनुका साथै प्रत्येक महिना पाठयक्रम अनुसार औद्योगिक अवलोकन भ्रमण लगिने व्यवस्था रहेको कलेजले जनाएको छ।

भर्ना भएका विद्यार्थीहरुलाई विगत ५ वर्षदेखि ल्यापटप उपलब्ध गराउदै आएको कलेजको दाबी छ।

छात्रवृत्तिको समेत व्यवस्था रहेको प्रबन्ध निर्देशक यादवले बताए। भर्ना धमाधाम भईरहेको हुँदा सिमित सिट मात्र बाकीँ रहेको कलेज प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्