विराटनगर । बिहीबार रातिदेखि वर्ल्डलिङ्कको इन्टरनेटमा समस्या देखिएको छ ।
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवामा समस्या देखिएको हो ।
वर्ल्डलिङ्कले विदेशबाट नेपाल जोड्ने अपस्ट्रिम सेवा प्रदायकको दुई ओटा फाइबर केबुल काटिएका कारण यस्तो समस्या आएको जनाएको छ। "अहिले हामीले क्यापासिटीको समस्या (क्षमताले इन्टरनेट ट्राफिक धान्न नसक्ने अवस्था) सिर्जना भएको छ," कम्पनीले भनेको छ, "तपाईको सेवा केही समयका लागि अस्थायी रूपमा प्रभावित हुन सक्छ र समाधानको प्रयास जारी छ ।
कम्पनीको इन्टरनेट सेवा प्रभावित भएको तथा स्पिड स्लो हुन थालेको प्रयोगकर्ताहरुको गुनासो छ ।
वर्ल्डलिङ्कले सार्वजनिक सूचना प्रकाशित गर्दै यसबाट पुग्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । "हामी समस्या समाधानका लागि कडाईपूर्वक काममा जुटेका छौं," कम्पनीले भनेको छ, "चाँडै नै सेवा पुनःस्थापित गर्न लाग्ने अनुमानित समयको विषयमा जानकारी दिने छौं ।"