-कमलराज बिष्ट मगर
मैले फूलसँग नै सुगन्ध सापटी लिएको हुँ
पत्तै भएन फूललाई मैले जिन्दगी दिएको हुँ
तिमीले उही आकार उही प्रकार खोजि रह्यौ
हेर म त्यही ढुङ्गा हुँ बालुवामा मिसिएको हुँ
अब यो प्रेम नसा पिउँदिन भनेरै कसम खाएँ
साहब त्यही नपिँउनुको खुसीमा पिएको हुँ
अरे सूर्य अस्ताउँछ, उदाउँछ यत्ति त बुझ्नुपर्छ
यसको मतलब यो होइन कि म सकिएको हुँ
शब्दको डायरी कहाँ सजिलै मेटाउन खोज्छौं
म गजल कसैका शालीन हातले लेखिएको हुँ।।