-निशु कार्की
भिजेका परेलीले धमिलो चित्र देख्छ,
अनि उदास आशहरुले मलिन चरित्र देख्छ
एकफेर समतु अनि समेटु अर्को फेर भाग्छ,
दुई कदम अघि बढाऔँ,चार कदम भाग्छ
अब त सपना देख्न पनि आँखा थाकिसके,
भन्छ आराम चाहियो ,धेरै भो नसुतेको
सँगैको साथी बिहान उठ्नै सक्दिन भन्छ आलरम चाहियो,
सायद निदाउन आनन्द चाहिन्छ ,
अपशाेष मसँग रात सित गर्न बिलौना हरु छन्,
खाटमुनि थोत्रो टीन को बाकसमा सर्टिफिकेटका खेलौनाहरु छन्
भविष्य उज्यालो पार्न 'बा' ले पढाए तर अहिले टुकी बाल्ने हैसीयत छैन,
बुढा 'बा' आमा पाल्ने कैफियत छैन
मनमा गुनासाका पोका थुप्रै छन् फुकाउन समयले पर्खेन्,
घडीको सुई उल्टो घुमाउँदा पनि अँ! हँ! बालपन फर्केन
'बा' तिम्रो बुढेसकालको लौरो हो भन्थे,
बुढा भए 'बा' तर म ढलिसके
रातदिन भबिस्यको पीरले भित्रभित्रै जलिसके,
हो म जलेको प्रमाण देखाउन खरानी छैन
जीन्दगी बुझेदेखि नभिजेको सिरानी छोइन,
हरेक रात जुनसँगै रोएको छु देखाउन मेरा आँशु सित बनेन
कानुन बने हक बने म गरिबका निम्ति रोजगारीको रित बनेन,
जीन्दगीले थुप्रै पटक बाजी हार्यो
हार मानिन् अवसरको खोजमा लागे
आखिर पढे नि विदेश नपढे नि विदेश जान एयरपोर्ट पुगेसी जागे
हरेक रात पीरले पोल्छ 'बा' बुढा भए म जवान
प्रश्न खेल्छ मन भित्र म पढेर मूर्ख बने की विद्वान