विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
कार्कीसंगै अन्य तीन मन्त्री तथा एक राज्यमन्त्रीले सपथ लिने भएका छन्।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कार्कीको पद तथा गोपनियताको सपथ केही बेरमा हुनेछ ।कार्कीसंगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री हुने भएका छन् । मेन्याङ्बो यसअघि कार्की नेतृत्वमै यहीँ मन्त्रालय सम्हालेका थिए ।
त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले वन पर्यटन, वन तथा वातावरण मन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रीको सपथ लिने भएका छन् । त्यस्तै,भोजपुरबाट समानुपातिक निर्वाचित सांसद सृजना राई सामाजिक बिकाश राज्यमन्त्री हुने भएकी छिन् ।
फोटो:फाइल