प्रश्नोत्तर

प्रश्नोत्तर

- रिता दाहाल
बोकि प्रश्नभार मनष्पटलमा
भौतारिन्छौ कत्ती यहाँ त्यहाँ
दिदैनन जवाफ ईश्वरले कहिल्यै
मन्दिर मस्जिदमा
आफ्नै आत्मामा चिहाइकन हेर
भेटिन्छन् कि पो त्यहाँ ।

आउदैन दया करुणा यदि कतै भने
दीन दु:खी र असहायमा,
बोल्दैनन आवाज तिम्रा यदि कतै भने
अत्याचार र अन्यायमा,
पाएरै सबल इन्द्रिय पनि कतै
मिथ्या नहोस् जीवन ।

ज्ञान् , आयु गन्तब्य नै अलग भए कतै
को सज्जन को दुर्जन
पाप, पुण्य, सहि , गलत को कतै
अर्थ अलग छन,
भेटिन्छ सब उत्तर कि कतै
सकिदा यो जीवन ।

भेटिन्नन सबै उत्तर यहाँ कतै
लेखिएका शास्त्रमा
साच्चै उत्तर खोज्दैछौ यदि कतै भने
आफैलाइ सोधी हेर ऐनामा
आफ्नै आत्मामा चिहाइकन हेर
भेटिन्छन् कि पो त्यहाँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्