रंगेलीबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

रंगेलीबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-८ का १९ बर्षीय पर्वत लिम्बु र बेलवारी नगरपालिका-८ का २६ बर्षीय सन्दिप कार्की रहेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-४ चोप्राहाबाट शुक्रबार राती पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्