उद्योगमा दक्ष जनशक्ति उत्पादन गर्दै संगठन, अटोमेशनहरुलाई तालिम

उद्योगमा दक्ष जनशक्ति उत्पादन गर्दै संगठन, अटोमेशनहरुलाई तालिम

विराटनगर । उद्योग संगठन मोरङले वकर्स फरदर ट्रेनिङ अन्तर्गत औद्योगिक क्षेत्रमा दक्षजनशक्ति उत्पादन गर्दै आएको छ । उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुको दक्षता अभिवृद्धि गर्ने योजना अन्तर्गत संगठनले यस्तो कार्य गर्दै आएको हो ।
संगठनले पच्चिस दिने ईण्डष्ट्रियल अटोमेशन तालिम भर्खरै सम्पन्न गरेको छ । तालिमको समापनसँगै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्ने गरेको गरेको छ ।
संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक विकासका लागि पूँंजी, प्रविधिका साथ साथै श्रमिकको दक्षता विकास समानान्तर रुपमा हुनु पर्ने भएकोले जनशक्ति दक्षतामा ध्यान दिदैं आएको बताए । परिवर्तित प्रविधिलाई आत्मसात गरी व्यवसायीक तालिमको माध्यमबाट श्रमिकको समयसापेक्ष दक्षता अभिवृद्धि गर्नसके उद्योगको उत्पादकत्व अभुवृद्धि हुने वताए । प्राविधिक क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई सम्वोधन गर्न संगठनले आगामी दिनमा थप उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी तालिम संचालन गर्ने वताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दे आएको कार्यलाई थप परिस्कृत रुपमा गर्न यस प्रकारको तालिम सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै प्राविधिक क्ष्ँोत्रमा कार्यरत श्रमिकको कार्यसम्पादन क्षमतामा सुधार ल्याउन अनुरोध गरे ।

सैद्धान्तिक र प्रयोगात्मक गरी दुई सत्रमा विभाजित तालिम पच्चिस दिनसम्म संचालन भएको थियो । तालिममा डिजीटल पावर ईलेक्ट्रोनिक्स, प्रोसेस कन्ट्रोल, रिले कोआर्डिनेशन, पि.एल.सी, भि.एफ.डी, सेन्सर, सर्भो सिस्टम लगायतका विषय समेटिएको थियो ।

त्यसैगरी संगठनले हेल्भेटास, इन्स्योर परियोजनाको सहकार्यमा आज देखि पच्चिस दिने इन्स्ट्रमेन्टेशन तालिम प्रँरम्भ गरेको छ । उक्त तालिममा विभिन्न उद्योगका वीश जना प्रविधिकको सहभागिता रहेको छ भने आगामी दिनमा उद्योगको माग अनुरुप वोईलर अपरेटर, प्लाष्टिक ईन्जेक्शन मोल्डिङ अपरेटर तालिम आयोजना गर्ने तयारी भईरहेको संगठनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्