-अम्बिका अधिकारी
बुबाको मुख हेर्ने
आएको छ कुशे औँशी
अभावमा झुक्दाझुक्दै
पीडाले ठाउँ पायो
कति छिटै चाडपर्व गीत गाउँदै
आयो
बाँचेको छु
आज तिम्रै मुख हेर्न भनी
भाग्यलाई दोष दिए
खुशी खोस्यौ तिमीले पनि
अनेक मान मान्यता दिन्छु
जस्तो लाग्थ्यो
तिमी नजिक हुदा सबै
डर जति भाग्थ्यो
आँखामा तिम्रो झल्को
टीलपील आँसु टल्क्यो
मुटु चस्की घाउ लाग्दा
तिम्रो साथ नपाइ भाग्दा
आएको छ कुशे औँशी
बुबा आमा दुबै जना
प्रतीक्षामा बसी
दु:खको गीत सुन्दा
झर्छन् आँखाबाट आँसु
बाबा आमा नभएकोले
माईती घर कति बसुँम्
नभेटिने मान्छेलाई किन किन पर्खुम्
आएको छ कुशे औँशी
रमाउन मन छैन
दाजु भाइमा खुशी हुन्छन्
कथा व्यथा आफ्नै
भनि शब्द हर्ष गन्छन्
माइतको आँगनीमा
नटेकेको वर्षौ भयो
आसैआसमा दिन बित्छ
देख्ने रहर त्यसै गयो
आए जस्तै नलागे नि
हुन्थ्यो चाडपर्व
अनायाशै आएको छ कुशे औँशी अब
दिदी बैनी जम्मा भई गीत गाउन
दर खान मीठो चोखो तीज मनाउन
आमाबाबा भए चाँडो निम्तो पाउँथे
राजीखुसी मन हुन्थ्यो चेली आउँथे
आएको छ कुशे औँशी