-स्वप्निल स्मृति
भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको
ढुङ्गा फुटाइरहेको
ऋणको सानो कुम्लो बोकेर
मुग्लानबाट गाउँ आइरहेको ….
हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे !
आस्थाको ढाका टोपी
क्रान्ति पहिल्याउने लामो गम्बुट
विचार पिउने ठूलो लुम्बा
किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा
झर्के थालमा चिप्लिएको तिम्रो माइली औँला
ओहोहो…त्यो माइली औँला !
बेला बेला उठ्थ्यो तिम्रो नाक अघिल्तिर सिधा
र हेथ्र्यौ मलाई टेढो टेढो आँखा...
मेरो साथी !
दस वर्षको हुँदा हो
तिम्रो नाम काढ्दा
उठ्यो तिम्रो दाहिने हात र बज्रियो मेरो देब्रे गालामा
त्यतिखेर हुँ ‘आमा’ भनेर रोए पनि
तिमीलाई बुबा भनी अलिअलि चिनेको…