-पर्शुराम तिम्सिना
आमाले नौ महिना पेटमा बोकिन् ,
'बा' ले पनि जिन्दगीभर जिम्मेवारी काँधमा बोके।
आमाले रगत बगाइन् ,
'बा' ले पनि खाडीमा पसिना बगाए।
आमाले आफ्ना गहनाहरु बेचिन्,
'बा' ले पनि त आफ्ना रहरहरु बन्दकी राखे।
आमाले बा को लागि माइतीघर छोडिन्,
'बा' ले पनि त परिवारको लागि आफ्नै घर छोडे।
आमाको महानताका महाकाब्यहरु छन्,
तर 'बा' सधैं गुमनाम छन्।
त्यही पनि 'बा' केही भन्दैनन्,
गुनासो पनि गर्दैनन्।
किनकी 'बा' लाई थाहा छ, सिङ्गो रुखको भार थामेर बसेको जराले दुनियाँले आफूलाई देखेन भनेर कहिल्यै गुनासो गर्दैन।