-सविना श्रेष्ठ
मन परायौ भगाई ल्यायौं कसैको डर भएन
दाइजो दिएन भन्छौँ ससुराली घर भएन।
हातमाहात साथमा साथ भन्थेउ हिजोसम्म
जवानी सिद्धिएपछि चाहिँ मेरो थर भएन।
मेरा बा आमाको नाम दिनै पुकार्छौ अचेल
लाग्न थाल्यो अब यो जिन्दगीको भर भएन।
जन्मिएँ एक्लै जानुछ एक्लै कस्लाई दोषु म
वचनको प्रहार बीस अमृतभो जहर भएन।