पेट्रोलियम पदार्थको मूल्य बढ्यो

<span class='c1'>पेट्रोलियम पदार्थको</span> <span class='c2'>मूल्य बढ्यो</span>

काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्