विद्युतीय हाजिरी गर्ने कर्मचारीलाई दुई सयको दरले खाजा भत्ता दिने कोशी प्रदेश सरकारको निर्णय

विद्युतीय हाजिरी गर्ने कर्मचारीलाई दुई सयको दरले खाजा भत्ता दिने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले विद्युतीय हाजिरीको आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको मिन्त्रपरिषदको आज बसेको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले दिने निर्णय गरेको हो ।

संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुको आर्थिक वर्ष २०८०/८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरु स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेससल्लाकार महेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारको बन मन्त्रालय अन्तर्गतक ा कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरु (खरिदार सरह) लाई सङ्घीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी सङ्घीय सरकार गराउने समेत निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्