तीज विशेष : सांसददेखि सौन्दर्यकर्मीसम्म

तीज विशेष : सांसददेखि सौन्दर्यकर्मीसम्म

सुजता लिम्बू
विराटनगर । ‘गाँउ शहर छोडेर दिदि र बहिनी
नाचौ न मिलेर दाँवली सैली’

यो गीत घन्किदा महिला दिदि बहिनीहरु धक फुकाएर नाच्छन् । जीवन बाँच्दै गर्दा भोगेका विविध भोगाइहरु र गुम्सिएका भावनाहरु यस्तै तीजका गीतहरुमा नाच्दै एकअर्कामा बाँडे झैँ भान हुन्छ । त्यसो त विगतमा झैँ महिलाहरु घरको चारकुने आँगन, चुलाचौका र मेलापातमा मात्रै सिमित छैनन् । जीवन जिउने शैलीहरु फेरिएका छन् ।

घरपरिवार र घरगृहस्थमा सिमित महिलाहरुको परिधि पछिल्लो समय फराकिलो बन्दै गएको छ। यो सँगै विगतमा बज्ने वेदनाले भरिएका गीतहरु तीज विशेष कार्यक्रमहरुमा हराउदै गईरहेका छन् । समयसँगै आर्थिक एवं सामाजिक रूपमा नारीहरु सशक्तिकरण हुँदै गएको पाइन्छ। घर गृहस्थको जिम्मेवारीसँगै बाहिरी काम (कार्यालय, व्यापार बिजनेसमा) आफूलाई अगाडि बढाउँदै गर्दा धेरैजसो महिला आत्मनिर्भर बन्दै गएको छ।

घरका पुरुषसँगै आर्थिक समानताको बाटोमा महिलाहरु हिँडिरहेका छन् । त्यसो त घरबाहिरका काममा जसरी महिलाहरु जाडिदैँ गएका छन्।

त्यसैगरी बीचैमा काम छोडिनेको संख्या पनि उत्तिकै पाइन्छ । विवाहपछिको जीवनमा घर भित्र र बाहिरको कामलाई समय निकाल्न गाह्रो हुँदा कतिपय महिला आफ्नो पेशाबाट पलायन भएको पनि पाइन्छ। यस्तै सामाजिक, आर्थिक लगायतका विविधि चुनौती पुर्ण यात्राहरु सामना गर्दै नेतृत्वदायी भूमिकामा पुगेका महिलाहरू तीज महिलाईहरु बीच खुशी साट्ने एउटा पर्व रहेको बताउछन् । तर, पछिल्लो समय तीज पर्व संस्कृति जोगाउन भन्दा पनि विकृतिकोरुपमा पनि मौलाउदै गएको उनीहरको तर्क छ ।

सविना बजगाई (सांसद)

तीज महिलाहरुलाई खुशी साट्ने र एकताबद्ध बनाउने पर्व रहेको कोशी प्रदेश १ की सांसद सविना बजगाई बताउछिन् । तर, विगतका दिनहरुभन्दा पछिल्लो समय तीजको मौलिकता अलिक फेरिएको उनी बताउछिन् । आफूले बाल्यकालमा अनुभव गरेको तीज परिवार, इष्टमित्र र घरभित्र नै मनाउने गरेको भएपनि पछिल्लो समय विविध संघसंस्थाहरुले आयोजना गर्ने तीज कार्यक्रमले पनि तीज पर्वको अलिक फराकिलो बन्दै गएको उनको तर्क छ । आफू राजनीतिककर्मी भएकाले पनि सामान्य रुपमा महिला दिदि बहिनिहरुलाई सकारात्मक भाव पैदा हुने गरी विविध कार्यक्रम आयोजनामा सहभागि भएर तीज पर्व मनाउदै आएको उनले बताइन् ।

ब्रत बसेको दिन गीतको माध्यमबाट चेलीले अधिकारका कुरा उठाउने, महिलाहरूले स्वतन्त्र कुरा राख्ने भएकाले तीजका दिन महिलाहरूलाई शक्तिको रूपमा लिने र महिलाहरूलाई संगठित गरिने दिनका रूपमा मानिने तीज पछिल्लो समय मनाउने प्रचलन धेरै परिवर्तन भएको उनी बताउँछिन्। तर देखासिकी गरेर पैसा उठाएर पाँचतारे होटल, पार्टी प्यालेसमा खर्चालु तरिकाले पार्टी गरेर मनाइने प्रचलन चाहिँ अलिक विकृति रहेको बताउदै उनले तीज घरपरिवारसँग नै परम्परागत ढंगले मनाउने उनले बताइन् ।

सपना राई (सुरक्षाकर्मी)

तीजलाई महिलाहरुका लागि एउटा उत्सव र खुशी साट्ने माध्यम रहेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी सहायक निरीक्षक सपना राई बताउँछिन्। आफू व्रत बस्ने नभए पनि यो पर्वलाई विशेष दिनका रूपमा लिने गरेको उनले बताइन्। उनले बाल्यकालमा देखेको, सुनेको र भोगेको तीज र पछिल्लो समयको तीज मनाउने शैलीमा व्यापक परिवर्तन आएको बताउँछिन्।
आफू आदिवासी भएपनि तीजलाई सम्पूणर् महिलाहरुले खुशीका भाव साट्ने र रमाउने पर्वका रुपमा पनि लिने गरेको उनी बताउछिन् ।
विगतका दिनहरुमा वेदनाले भरिएका गीतसँगै तीजको सुरुवात हुन्थ्यो। भने अहिले समयसँगै फेरिएको शैली राम्रै लाग्ने गरेको उनी बताउछिन् । उनी भन्छिन्,‘कम्तिमा महिलाहरू सचेत छन्, आत्मनिर्भर छन्। हिजोको जस्तो परिवारको हिंसा सहेर आफ्ना भनाइ राख्न तीज कुर्न पर्दैन।’
भड्किलो देखासिकी र तामझाम गरेर कुनै पनि पर्व मनाउनु चाहिँ विकृति रहेको उनको तर्क छ। सुरक्षाकर्मी भएकाले पनि आफ्नो डिउटीसँगै तीजको दिन व्रत नबसी समय मिलाएर पूजा गर्ने योजना रहेको बताउँछिन्।

चिना थापा (पत्रकार)
पछिल्लो समय तिज भड्किलो भयो भन्ने कुरा आफूलाई भड्किलो भए जस्तो नलागेको पत्रकार चिना थापा बताउछिन् । उनी प्रेस चौतारी मोरङका उपाध्यक्ष समेत हुन् । महिला आत्मनिर्भर बन्दै गर्दा आफूले कमाएको केही पैसा छुटाएर मनोरन्जन गर्नुलाई भड्किलो ठान्न नहुने तर्क राख्छिन् । ‘पहिला हाम्रा हजुरआमा आमाहरुको पालामा महिलालाइ घरको काममा मात्र सिमित राखिन्थ्यो । आफ्नो श्रीमानको कमाइमा भर पर्नुपर्थ्यो । घाँस दाउरा गर्नदेखी बाहेक उहाहरु घरको चौघेराबाट निस्कन पाउनु हुदैन थियो । अर्को कुरा पहिला सासुले जे भन्यो त्यही गर्नुपर्थ्यो । त्यो अबस्थामा कसरी बाहिर गएर दर खाने ? उनी भन्छिन्,’अहिले महिलाहरु पनि आत्मानिर्भर बन्दै गएका छ्न । श्रीमानको कमाइमा भरपर्नुपर्ने अबस्था छैन । आफ्नो कामाइको थोरै पैसा मनोरञ्जनको लागि छुट्याउन महिलाले नपाउने होर ? महिलाले आफ्नो कमाइ हुदा पनि रमाउन नपाउनु ? सधै एउटै ब्याक्तीले निरन्तर खर्च त गरिरहेको छैन ।‘ विभिन्न संघ सस्थाले कार्यक्रम गर्दै गर्दा साथीहरु मिलेर आयोजना गर्ने, विभिन्न समुहहरुले आयोजना गर्ने गरेको उनी बताउछिन् ।

‘ एउटा सस्थाले एक पटक दर कार्यक्रम आयोजना गर्ने हो, अनि अर्को सस्था, समूह वा ब्याक्तीले आयोजना गरेको दर कार्यक्रमलाई एकै ठाउमा राखेर तिज भड्किलो भयो भन्न त भएन नि । ’ उनले भनिन् ।
घरधन्दा, छोराछोरी र जागिर भ्याएर थोरै समय निकालेर साथीसङ्गीसग भेटघाट गरेर रमाइलो गर्दा तीज भड्किलो नभएको बताउदै उनले तिज भड्किलो भयो भन्नेहरु महिलाको प्रगती देख्न नसक्ने रहेको बताउछिन् । तीजका दिन आफू व्रत बसे पनि निराहार नबस्ने बताउदै उनी पानी फलफुल खाएर व्रत बस्ने तयारी रहेको उनले बताइन् । ‘म धर्मप्रति आस्था राख्ने मन्छे हो । तर, मन्दिर गएर पुजा गर्दैमा सबै कुरा पूरा हुन्छ पाइन्छ भन्ने कुरामा बिश्वास गर्दिन ।’ उनी भन्छिन्,‘ म कर्ममा बिश्वास गर्ने मान्छे हो । व्रत बसेर अरु कसैको आयु बढ्छ भन्ने कुरामा पनि बिस्वास गर्दिन । ’

बिनु तिम्सिना (पत्रकार)
समयसँगै तीज मनाउने शैलीमा परिवर्तन आएको पत्रकार बिनु तिम्सिना बताउछिन् । तिम्सिना नेपाल टेलिभिजन इटहरीमा कार्यरत छिन् । ‘पहिला चेलीलाई विवाह गरेर टाढा दिइन्थ्यो, यातायातका साधन हुँदैन थिए, दिनदिनै भेटन सकिदैन थियो, अहिलेजस्तो प्रविधि थिएन भेट्नका लािग वाहाना चाडपर्व चाहिन्थ्यो ।’ उनले भनिन्,‘तीजमा चाहिँ एउटा बहाना पनि भयो छोरीचेली बोलाउने मिठोमसिनो खान दिने दु:ख सुखका कुरा गर्ने त्यो बेलाको तीजको महत्व बेग्लै थियो ।’ समय परिवर्तन भएसँगे तीजको एउटा महत्व फरक भएको बताउदै उनले समयसँग सबैखालको परिवर्तन हुने र तीज मनाउने तरिका पनि परिवर्तन भएको उनी बताउछिन् । तर पनि यसको मौलिकतालाई मर्न दिन नहुने उनको भनाई छ ।

पछिल्लो सयय विकृति आयो भन्ने कुरा उठेको बताउदै उनले विकिृति अयो भेनर आलोचना गर्नुभन्दा पनि मौलिकतालाई मर्न नदिन आफ्नो आफ्नो ठाँउबाट ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।
‘विकृति आयो भनेर सबै महिलाहरुलाई गाली नै गर्नुपर्छ भन्ने हुँदैन । विकृति के कारणले आयो ? के खराब हो ? त्यो बुझन् पनि महत्वपुर्ण पाटो हो,’ उनले भनिन्,‘हामी सबै कामकाजी महिला हुन्छौ कामकाजी नभएपनि घरपरिवारमा व्यस्त हुन्छौ । सबै भुलेर एकदिन साथीभाई मिलेर रमाईलो गर्दा विकृति नै भन्नुपर्छ भन्ने लाग्दैन ।’

मीरा आचार्य ( चिकित्सक)
तीज विभिन्न वर्षहरुमा भन्दा फरक र पुरानो ढंगबाट मनाउने तयारी रहेको दन्त चिकित्सक डा. मीरा आचार्य बताउछिन् ।
पेशागत जिम्मेवारीले व्यस्त हुनेभएकाले तीज साथै विभिन्न पर्व महत्वपुर्ण लाग्ने बताउदै उनले यो पारिवारिक मेलमिलापको माध्यम समेत रहेको बताउछिन् ।
तीज महिलाहरुको विशेष पर्व भएकले पनि महिलाहरुले विषेश महसुस गर्ने भएकलो दन्त चिकित्सकको हिसाबले नेपाल डेन्टल एसोसिएसनबाट महिला डेन्टिसहरुबाट तीज मनाउने सुरुवात गरेको बताइन् ।

‘समाजमा पनि योगदान दिउ भन्ने हिसाबले दिदिबहिनीहरुलाई विशेष महसुस गराउ भन्ने हिसाबले एक हप्तासम्मका लागि ओपिडि नि:शुल्क कुनै पनि उपचारमा ५० प्रतिशत छुट दिने निणर्य गरेकी छु,’ उनले भनिन्,‘२ गते देखि महिलाहरुका लािग यो सेवा उपलब्ध हुन्छ, आइतबार चिकित्सकको आन्दोलन र आज तीज भएकाले यो अलिक पछि भएको हो ।’ कोही नाचगान गरेर तीज मनाउने गर्छन् कोही कुनै किसिमको योगदान गरेर तीज मनाउने गरेपनि सबैले आ-आफ्नो क्षेत्रबाट महिलाहरुलाई प्रोत्सान गरेर पर्व मनाउदा राम्रो हुने उनको भनाई छ ।

भली सुब्बा (सौन्दर्यकर्मी )
अन्य समय कुनै पार्टी प्यालेसमा नाचेर रमाईलो गरेर तीज मनाउदै आएको सौन्दर्यकर्मीहरुले यो पटक महिलाहरुको पाठेघरको शिविर संचालन गरेर तीज विशेष कार्यक्रम मनाइएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर नगर कमिटीको अध्यक्ष भलि सुब्बाले बताइन् । ‘

हाम्रो व्यवसायलाई कसरी टिकाउन सकिन्छ र समाजमा स्थापित हुनुसाथै सबैको नजर हाम्रो पेसा प्रति जान्छ भन्ने सोँच सहित हामीले स्वास्थ्य शिविरको आयोजना गरेका हौँ,’ उनले भनिन्,‘ तीजको अवसरमा महिलाहरुलाई पाठेघर सम्बन्धि नै शिविरको आयोजना गरौन त भनेर टमिमा सल्लाह भएपछि हामीले तीजलाई स्वास्थ्यसँग जोडेर मानाएका हौँ ।’ एउटा घरको महिला स्वास्थ्य भए सम्पूणर् परिवार नै स्वस्थ्य पनि हुन्छ भन्ने उद्देश्यले पनि यो पटकको तीज फरक ढंगले मनाउने निधो गरेको उनको भनाई छ ।

ग्रामिण क्षेत्रमा सामान्य स्वास्थ्य जाँच गर्नु पनि चुनौतीका विषय भएकाले विराटनगर बजार क्षेत्रभन्दा दुरदराजको ठाँउमा गएर आफूहरुले स्वास्थ्य सेवा प्रदान गरेको बताउदै उनले यस्ता पर्व विषेशमा यस्ता खालको स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताइन् । मौलिकता संस्कार र संकृतिलाई जगेर्णा गर्दै पर्व मनाउनु पर्नेमा जोड दिँदै उनले महिलाहरुलाई सकारात्मक उर्जा दिने हिसाबले पनि पर्व मनाउन सकिने उनी बताउछिन् । मोरङको कटहरी गाउँपालिका ३ मा पाठेघरको मुखको क्यानसरको स्वास्थ्य परिक्षण ७५ जनाको गरेको र जसमध्ये दुई जना महिलाको पाठेघरको मुखको क्यानसर प्रारम्भिक चरणमा देएिको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्