कोशी अस्पतालका १७ जना करारका कर्मचारीलाई कामबाट निकालेपछि…

कोशी अस्पतालका १७ जना करारका कर्मचारीलाई कामबाट निकालेपछि…

प्रेम देवान
विराटनगर । कोशी अस्पतालमा पुरानो विकास समितिले नियुक्त गरेका १७ जना कर्मचारीको करारको म्याद थप नगरी कामबाट निकालेको भन्दै करारका कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।

तत्कालिन कोशी अस्पतालको विकास समिति अध्यक्ष महेश भट्टराईको कार्यकालमा नियुक्त भएका १७ जना कर्मचारीको म्याद थप नगरी कामबाट निकालेको भन्दै सोमबार अस्पताल परिसरमा भेला भई असन्तष्टि जनाएका हुन् ।

अस्पतालले उनीहरुको म्याद थप नभएपछि कामबाट बाहिरिनुपर्ने हुन्छ । भदौ २६ गते बसेको विकास समितिको बैठकले विधि प्रक्रिया बेगार आफुखुसी नियुक्त गरेका करारको १७ जना कर्मचारीको म्याद थप नगरिएको कोशी अस्पताल विकास समितिकाका अध्यक्ष डा. फरवर्ड सिलवालले बताए।

यसअघि रहेको विकास समितिले आफुखुसी नियुक्त गरेको कर्मचारीको म्याद थप नगरिएको हो,’ उहाँले भन्नुभयो, ‘अब विधी र प्रक्रियासंगत तरिकाले आवश्यकता अनुसार कर्मचारी नियुक्ति हुनेछ । त्यसको लागि हामी योग्य कर्मचारी नियुक्ती गर्नेछौं ।’ अहिले करारको म्याद थप नगर्ने कर्मचारीहरूमा कार्यालय सहयोगी बढी रहेका सिलवालको भनाई छ ।

यसरी करारको म्याद थप नभएकाहरुमा खरिदार मन्जु विष्ट, रिना निरौला, इलेक्ट्रिसियन विनोद कुमार कार्की, कार्यालय सहयोगीहरु कुमार कार्की, अवोध कुमार गौतम, सम्झना राई, रमेश बुढाथोकी, पदम कुमार खनाल, बलराम कामत, कन्चन राय, राधा देवी राय, दिनेश कुमार सरदार, सुनिता मण्डल, सागर डोम, निरमाला ढकाल, सुनिता भगत ,चन्दन यादव लगायत १७ जना करारका कर्मचारीलाई निकालिएको छ ।
उनीहरुले आफुहरुलाई कुनै जानकारी बेगार कामबाट निकालेको बताएका छन् ।

कार्यालय सहयोगी पदम कुमार खनालले राजनैतिक आस्थाको आधरमा करार थप नगरेकोले हुनाले आन्दोलनमा उत्रिने चेतवनी दिनुभयो । ‘हामी काममा खटिरहेका थियौं , कुनै जानकारी बेगार हामीलाई कामबाट निकालिएको छ,’ खनालले भने, ‘अस्पतालमा नयाँ विकास समिति आएलगतै हामीलाई कामबाट निकालिएको छ ।’ तत्काल करार म्याद थप नगरे चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरुले चेतवनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्