राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

<span class='c1'>राष्ट्रिय महिला भलिबलको</span> <span class='c2'>उपाधि पुलिसलाई</span>

कास्की । पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।

पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौँलाई ३—१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पुलिसले डायमन्डमाथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

च्याम्पियन बनेको पुलिसले उपाधिसहित नगद रु एक लाख ५० हजार एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको डायमन्डले रु एक लाख एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।

यसअघि लिग चरणको खेलमा पुलिसले सबै खेल जित्दै शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा तृतीय हुँदै रु ५० हजार एक सय ११ पुरस्कार पायो । महिला भलिबलमा नेपाल पुलिस क्लब, न्यू डायमन्ड, सशस्त्र प्रहरीको एपिएफ क्लब र एभरेष्ट भलिबल क्लब बुटवलले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच प्रतियोगितामा पुुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबीचको फाइनल खेल आज रोकिएको छ । फाइनलमा दुई सेटको खेल समाप्तिपछि अँध्यारो भएपछि आजका लागि खेल रोकिएको हो । पुरुषतर्फको फाइनल खेल मङ्गलबार बिहान हुने आयोजकले जनाएको छ । पुरुषतर्फ लिगको अन्तिम खेलमा आज गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै पुलिससँग नै फाइनल खेल्ने गरी स्थान पक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्