हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँटफाँट

<span class='c1'>हाथवे इन्भेष्टमेन्ट नेपाल</span> <span class='c2'>लिमिटेडको आईपीओ बाँटफाँट</span>

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता असाधारण सेयर निष्कासनमा ल्याएको थियो ।

आवेदकले न्युनतमा २० कित्ताको लागि आवेदन दिनुपर्ने उक्त आईपीओमा माग भन्दा बढी आवेदन गरेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँटफाँट भएको छ ।

कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेकोमा तीन हजार २८२ आवेदन रद्ध भएर १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

योग्य आवेदकमध्येबाट गोलाप्रथाले २४ लाख २७ हजार ७५० कित्ता सेयर २० कित्ताको दरले बाँडफाँट गर्दा एक लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

त्यसमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले सेयर प्राप्त गरेका छन् । अन्य आवेदकको भने हात खाली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्