पूर्वमुख्यमन्त्री राईद्वयको भेटवार्ताले कोशीमा तरङ्ग

पूर्वमुख्यमन्त्री राईद्वयको भेटवार्ताले कोशीमा तरङ्ग

विराटनगर । सरकार ढाल्ने र जोगाउने चपेटामा परेको कोशी प्रदेशसभाले स्थिर सरकार दिन सकेको छैन । अहिले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । अहिलेकै सरकारलाई टिकाएर सहमतिको सरकार गठन गर्न पनि दलहरु प्रयासरतः छन् । यद्यपी यो प्रयासले निकास भने पाउने देखिदैन ।

यसैबीच नेकपा एमालेका नेता र नेकपा एकीकृत समाजवादीका नेताबीच भेटवार्ता भएको छ । एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राई र नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व राजेन्द्रकुमार राईबीच धरानमा सुटुक्क भेटवार्ता भएको हो ।
आपसमा भेट र कुराकानी भएको दुवै नेताले पुष्टि गरेका छन् । एमाले नेता तथा पूर्वमुख्यमन्त्री राईले प्रदेशको राजनीतिको विषयमा छलफल भएको बताए । यता, एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पनि छलफल भएको पुष्टि गरे छन् ।

विश्वासको मतका सम्बन्धनमा कुरा भएको बताउँदै मिलेर सरकारका नेतृत्व लिन सहमतिमा आउन एमाले नेता शेरधन राईले एकिकृत समाजवादीसँग कुरा गरेका हुन् । तर एकिकृत समाजवादी संसदीय दलका नेता राईले गठबन्धनलाई पहिलो प्राथमिकता रहेको बताउदै उनले गठबन्धनबाटै दायाँबायाँ हुने अवस्थामा दोस्रो प्राथमिकता रहेको बताएका थिए । ‘अहिलेको सरकारलाई विश्वासको मत हुँदैन, षडयन्त्रकारी ढंगबाट भएको सरकारलाई विश्वासको मत हुँदैन । उनले भने,‘धारा ५ मा भने छलफल गर्न सकिन्छ ।’

संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वमा हाल कोशी प्रदेश सरकार कायम छ । उनले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । उनले विश्वासको मत लिन नसके धारा १६८ को उपधारा (५) मा पुग्ने अवस्था छ । यहि अवस्थामा दुई भोजपुरे नेता भेट हुँदा कोशीमा केहि नयाँ छाल आउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्