उन्नाइसौँ एशियाली खेलमा सहभागी हुने एपिएफका खेलाडीको बिदाइ

<span class='c1'>उन्नाइसौँ एशियाली खेलमा सहभागी</span> <span class='c2'>हुने एपिएफका खेलाडीको बिदाइ</span>

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एशियाली खलकुद प्रतियोगिता’अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियललगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई मंगलबार बिदाइ गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा मंगलबार आयोजित एक समारोहका बीच उहाँले खेलाडीहरुलाई बिदाइ गर्नुभएको हो ।

यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ सहरमा सञ्चालन हुने एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपिएफका चार जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाइ गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पु¥याउने मात्र नभई समग्र राष्ट्रकोसमेत पहिचान झल्काउने भएकाले सहभागी सम्पूर्ण खेलाडीबाट अनुशासित तवरले खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्र र समग्र जनताले खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको पनि बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल सङ्घका अध्यक्ष विश्व वम मल्ल तथा सङ्घका अन्य पदाधिकारीकोसमेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्