मण्डनदेउपुर नगरपालिकामा आज थकाई बिदा

<span class='c1'>मण्डनदेउपुर नगरपालिकामा आज</span> <span class='c2'>थकाई बिदा</span>

काठमाडौँ । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आज थकाई बिदा दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा आज थकाई बिदा दिएको हो ।

संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सोको व्यवस्थापन गर्दा कर्मचारी तथा जनप्रतिनिधि थकित भएकाले बिहीबार बिदा दिएको नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ।

आज नगरपालिकाको कार्यालय, नगर अन्तरगतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्