आन्दोलनमा उत्रिएका शिक्षकको यातायात खर्च विद्यालयले दिने

<span class='c1'>आन्दोलनमा उत्रिएका शिक्षकको यातायात</span> <span class='c2'>खर्च विद्यालयले दिने</span>

मंगलसेन । विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ ।

तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको छ । आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौं जाने-आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको जानकारी दिनुभयाे ।

“काठमाडौं जानेआउने बस भाडा विद्यालयको कोषबाट दिने निर्णयमा पुगेका छौं,” अध्यक्ष नौपानेले थप्नुभयो, “दुई जनाको आठ-दश हजार खर्च होला त्यो पैसा विद्यालयको आन्तरिक कोषबाट दिने भएका छौं ।”

शिक्षित नागरिक उत्पादन गर्ने शिक्षकले गुणस्तरीय शिक्षा निर्माणका लागि विधेयकलाई सच्चाउन गरिएको मागमा विद्यालयको समर्थन रहेको बताइएको छ । सामुदायिक विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउनका विद्यालय व्यवस्थापन समितिको स्पष्ट भूमीका हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । शिक्षकहरुको प्रतिनिधिको रुपमा अछामबाट आन्दोलनमा सहभागी रहेको र विद्यालय बन्द रहेको अवस्था छ । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्