सर्लाहीको सदरमुकाम मलङ्गवामा निषेधाज्ञा जारी

<span class='c1'>सर्लाहीको सदरमुकाम मलङ्गवामा</span> <span class='c2'>निषेधाज्ञा जारी</span>

मलङ्गवा (सर्लाही) । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ ।

दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कर्फ्यु आदेशमा भनिएको छ ।

कर्फ्यु आदेशपछि अहिले मलङ्गवाको स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्