चाँडै प्रदेशसभाको अधिवेशन बस्छ : रेवतीरमण भण्डारी

<span class='c1'>चाँडै प्रदेशसभाको अधिवेशन बस्छ</span> <span class='c2'>: रेवतीरमण भण्डारी</span>

विराटनगर । कोशी प्रदेश नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पाँच वर्ष नेतृत्व गर्नुपर्छ भन्नेमा काँग्रेस र एमालेको भनाई नरहेको बताएका छन् ।

संसदीय पत्रकार मञ्च कोशी प्रदेशले बिहिबार आयोजना गरेको माननीयसँग संसदीय पत्रकार अन्तरसंवाद कार्यक्रममा संचारकर्मीले प्रदेशको समस्यालाई कसरी समाधान दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् ।

‘हामीले पाँचवर्ष नेतृत्व बनाउनुपर्छ भन्ने हाम्रो भनाई छैन, काँग्रेस र हाम्रो भनाई यही हो, उपयुक्त ढंगले सहमतिको भनाई यही हो । ’ उनले भने । माओवादीसँग भने यस्तो नरहेको बताउदै उनले कोशी प्रदेशमा यस्तो सहमति गर्दा केन्द्रको सत्ता खुस्किने बताए ।

‘माथिको सत्ता खुस्किएपछि गाह्रो होला उहाँहरुलाई त्यसकारण माओवादीसँग सम्भावना कम छ,’ उनले भने,‘काँग्रेसलाई त्यो समस्या छैन ’ कोशीमा धेरै अस्थिरता भएको बताउदै उनले देशभरको कुरा एउटा भएपनि कोशी प्रदेशमा काँग्रेससँग सरकार गठनको सन्दर्भमा आफूहरुले प्रस्ताव गरेको बताएका छन् ।

उनले सकेसम्म बजेट प्रतिस्थापन ल्याएर सहमतिमा २० गते अगाडि नै विश्वासको मत लिने प्रस्ताव अगाडि बढाउने समेत बताए । उनले चाँडै सभाको अधिवेशन बस्ने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्