राहदानी विभागले ३४ पानाको राहदानी वितरण गर्ने

<span class='c1'>राहदानी विभागले ३४ पानाको</span> <span class='c2'>राहदानी वितरण गर्ने</span>

काठमाडौँ । राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ । अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ ।

विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ । अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताउनुभयो । पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ ।

३४ पानाको राहदानीको मौज्दात सकिएपछि गत असार ३ देखि विभागले ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण थालेको थियो । तत्कालको अभाव पूर्तिका लागि धेरै मौज्दात रहेको ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण गरिएको थियो । यो सातासम्ममा ६६ पानाको राहदानीको मौज्दात सकिने अनुमान विभागले गरेको छ ।

सामान्य ३४ पानाको राहदानीको वितरण हुने भएकाले सो विकल्प अनुसार नयाँ राहदानीका लागि अनलाइन आवेदन गर्नका लागि विभागले अनुरोध गरेको छ । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्