भाटभटेनीको २६ औं स्टोर झापाको बिर्तामोडमा सञ्चालन

भाटभटेनीको २६ औं स्टोर झापाको बिर्तामोडमा सञ्चालन

विराटनगर । भाटभटेनी सुपरमार्केटले कोशी प्रदेश अन्तर्गत झापाको बिर्तामोडमा २६ औं शाखा सञ्चालनमा ल्याएएको छ । यसका सञ्चालक मीनबहादुर गुरुङले बिहीबार बिर्तामोडको स्टोरको औपचारिक उद्घाटन गरेका हुन्।

भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार १५ कठ्ठा क्षेत्रफल जग्गामा २ लाख ५० हजार वर्गफिट सपिङ स्पेस भएको स्टोर २ अर्बको लगानीमा खुलेको हो।

कोशी प्रदेशमा धरान, विराटनगर, इटहरी र बिर्तामोडमा भाटभटेनीका शाखाबाट सेवा सुरु भएको छ । झापाको मकमा भाटभटेनीको २७औँ स्टोर निर्माणाधीन छ। व्यवस्थापक भट्टराईका अनुसार बिर्तामोडको स्टोरमा ७ तला छ। जसमा बेसमेन्टका २ तलामा स्टोरले पार्किङ, कार्यालय, प्याकेजिङ र गोदामको व्यवस्था गरेको छ।

भुईं तलामा ग्रोसरी, फलफूल, हरियो सागसब्जी, मदिरा आदि राखिएको छ। पहिलो तलामा प्लास्टिकका भाँडाकुँडा, घरायसी सामग्री, स्टेसनरीलगायतका सामान छन्। दोस्रो तलामा तयारी कपडा छन्। तेस्रो तलामा फुटवेयर, टीभी, फ्रिज, वासिङ मेसिनलगायतका विद्युतीय सामान छन्। चौथो तलामा फुडकोर्ट रहेको छ। पाचौँ तलालाई बालबालिकाको खेल्ने स्थान र सिनेमा हलका लागि छुट्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्