सतपालजी महाराजको जन्मोत्सवमा ६८२ले गरे रक्तदान

सतपालजी महाराजको जन्मोत्सवमा ६८२ले गरे रक्तदान

काठमाडौँ । मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको ७३ औँ जन्मोत्सवको अवसरमा छ सय ८२ जनाले रक्तदान गरेका छन् ।

‘रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ मानव धर्म सेवा समितिले बुधबार र बिहीबार देशव्यापी रक्तदान आयोजना गरेको थियो ।

उक्त समितिका अनुसार काठमाडौँको गौशालास्थित केन्द्रीय आश्रममा एकसय ३५ , दाङ र नेपालगन्ज आश्रममा एकसय १३, लम्बीनी श्रेत्र आश्रममा ७८, हरिवन क्षेत्र आश्रममा ७०, नारायणी क्षेत्र आश्रममा ५६, महाकाली क्षेत्र आश्रममा २४, मेची क्षेत्र आश्रममा ५५, नारायणघाट आश्रममा ५८, हेटौडा अश्रममा ५६ र चरिकोट आश्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

सतपाल जी महाराजको जन्मोत्सवको अवसरमा उक्त समितिले तीन दशकदेखि निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्नाका साथै अन्य विभिन्न अवसरमा पनि रक्तदान गर्दै आएको छ । उक्त समितिले गौशाला आश्रममा आयोजना गरेको विशेष जन्मोत्सव कार्यक्रममा महात्मा लता वाईले भक्तिको मार्गलाई जीवनमा अनुशरण गर्नुपर्ने र मनव जीवनमा त्रेतायुगकी सवरी (भिलीनी)को जस्तो भक्ति अपनाउनुपर्नेमा जोड दिनुभयो ।

भक्तिको मध्यमबाट जीवन सफल हुनाका साथै सच्चा गुरुलाई पनि प्राप्त गर्न सकिनेमा उहाँको जोड थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्