बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गाेल्डकप हुने 

बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गाेल्डकप हुने 

मणिराम दाहाल
सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियाेगिता हुने भएको छ । 

नगरपालिकाको गौरवको रूपमा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयाेजक डाँगीहाट फुटबल क्लबले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रू ८ लाख सहित ट्रफी र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५ लाख  सहित ट्रफी साथै  प्रमाणपत्र हात पार्ने आयाेजक क्लबका अध्यक्ष बिक्रम बान्तवा राइले जानकारी दिए । उनले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच,सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने उल्लेख गरे ।   

प्रतियोगिता सञ्चालनका लागि अनुमानित रू ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको गाेल्डकपका प्रचारप्रसार संयाेजक नरेन्द्र बस्नेतले बताए । प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाडौँ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लव, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी ८ वटा टिम सहभागी हुने आयाेजक क्लबका सचिव शम्भु बस्नेतले उल्लेख गरे । 

 प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजक र सहप्रायोजकमा द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियर लगायत स्थानीय संघसंसस्था, सामुदायिक बन, विद्यालयहरु र देश तथा विदेशमा रहेका यस क्षेत्रका दाताहरू रहने आयाेजकले उल्लेख गरेको छ ।

बेलबारी गाेल्डकपमा गत बर्ष  सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँ विजेता तथा राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियाे । अन्तराष्ट्रिय स्तरकाे गाेल्डकपमा १६ हजार दर्शनकाे सहभागिता रहने अनुमान गरिएकाे आयाेजकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्