-सृष्टि सावित्रा
वेदनाको सागर थियो कतै आँखामा
कोही मुस्कुराइरहेथे शोक सभामा
म आफ्नै खुट्टामा पनि भरोसा गर्दिनँ
गर्नेले भरोसा गर्दिन्छन् टेकेको जुत्तामा
अक्सिजन नपाएर छोरी मरेपछि
यसरी बड्यो आमाको विश्वास हावामा
कवि हँ ! म तिम्रो अनुहार पढ्न सक्छु
अब तिमीलाई समेट्छु आउने कथामा
बा, दुखेसो पोख्न आश्रम पुगेका छन्
आखिर के छ ? छोरोले पुजेको ढुङ्गामा