काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदै छ । यसअघि अघिल्लो सोमबार तोकिएको मुद्दाको पेशी आजका लागि सरेको हो।
यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार एक स्थानीय तहबाट बसाइँ सराइ गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।
यसैअनुसार सोमबार पेशी तोकिए पनि जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशको सरुवा भएपछि ७/८ वटा फाँटका मुद्दाको पेशी स्थगित भएको थियो। सन्दीपमाथि नाबालिगलाई बलात्कार गरेको अभियोग छ।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशबाट कारागारमुक्त भएका हुन्। सर्वोच्च अदालतले छिटो टुंग्याउन आदेश दिएको थियो, तर मुद्दाको सुनुवाइ सर्दै आएको छ।
फोटो:फाइल