छिमेकी देशमा दङ्गा चलिरहेकोको छ त्यहीका बाछिटा यता नआउला कि भन्न सकिन्न :मुख्यमन्त्री कार्की

<span class='c1'>छिमेकी देशमा दङ्गा चलिरहेकोको छ त्यहीका बाछिटा</span> <span class='c2'>यता नआउला कि भन्न सकिन्न :मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सुरक्षाको सन्दर्भ केही क्षेत्रमा सुरक्षा थ्रेट रहेको बताएका छन् ।

गृहमन्त्रालयले कोशी प्रदेश विराटनगरमा आयोजना गरेको सुरक्षा सम्बन्धि समसामयिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

'प्रदेश सुरक्षाको सदर्भमा केही क्षेत्रमा सुरक्षा थ्रेटहरु छ । धेरै ठाउँमा पनि छैन । केही निश्चित ठाउँमा मात्र छ' कार्कीले भने 'हुन त सदियौ देखीको स्थापित सामाजिक सद्भाव हो त्यति सजिलोसंग भड्किदैन होला । तरपनि छिमेकी देशमा दङ्गा चलिरहेकोको छ त्यहीका बाछिटा यता नआउला कि भन्न सकिन्न।'

अहिले काेशीमा, सर्लाही मलङ्गवामा देखिएकाे जातीय र धार्मिक समस्याले मणिपुरमा जस्ताे हुनसक्नेतर्फ सचेत हुनुपर्ने कार्कीले बताए । नामाकरणपछि स्वयं जिम्मेवार राजनीतिक दलहरुको प्रतिक्रियाले समेत थ्रेट सृजना भएको कार्कीले टिप्पणी गरेका थिए । तर, सहमति गरेकै नेताहरूले अहिले विपक्षमा बाेलेकाे कारण सुरक्षा थ्रेट बढेकाे दाबी गरे ।

संविधानकाे व्यवस्था अनुसार प्रदेशले नामाकरण गरेकाे बताउँदै उनले कुनै राजनीति पार्टीले गलत भनेको, भए सच्याउँने भनिएकाले समस्या आएकाे उनले बताए । प्रदेशकाे नाममा चित्त नबुझेपनि निषेध गर्न नमिल्ने उनको भनाइ थियो । प्रदेशका ८३ सांसदमध्ये पनि एमाले केन्द्रीत आक्रमण भएकाे उनले गुनासाे गरे ।

नेपालकाे सुरक्षा संयन्त्र बलियाे रहेकाे बताउँदै त्यसलाई स्वतन्त्रता पूर्वक काम गर्न दिनुपर्ने बताए । राजनीतिक पार्टीहरूले नजानेरै भएपनि समर्थन दिएकाे कारण पनि सामाजिक सद्भभावमाथि आक्रमण भईरहेकाे उनकाे भनाइ छ ।

'हाम्रो सुरक्षा निकाय निकै बलियो छ । धेरै घटनाहरुले त्यसलाई पुष्टि गरेको छ' कार्कीले भने 'तर, त्यसलाई कहिलेकाहीँ हामि राजनीतिज्ञहरुले नै बिगार्छौ । त्यसलैइ स्वतन्त्र रुपमा छोड्दिऔ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्