प्रदेशसभा सदस्य खगेनसिंह लिम्बूको अभिव्यक्ति गलत हो : गृहमन्त्री श्रेष्ठ

<span class='c1'>प्रदेशसभा सदस्य खगेनसिंह लिम्बूको अभिव्यक्ति</span> <span class='c2'>गलत हो : गृहमन्त्री श्रेष्ठ</span>

विराटनगर । संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ताप्लेजुङका डिएसपी र उनको परिवारलाई ज्यानमार्ने धम्की दिने प्रदेशसभा सदस्य खगेनसिंह लिम्बूको अभिव्यक्ति गलत भएको बताएका छन् ।

विराटनगरमा प्रेस सेन्टर मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले यस्तो बताएका हुन् ।
‘प्रदेशसभाका सदस्यज्यूको अभिव्यक्ति गलत छ । उहाँको पदीय मर्यादा अनुकूल पनि भएन । हामीले जिल्ला प्रहरीलाई आवश्यक निर्देशन र अनुसन्धान गर्न भनेका छौं । त्यहाँको परिस्थिति र घटनाको पूणर् अनुसन्धान भएपछि मात्रै अन्य काम कारबाही अगाडि बढ्छ,’ उनले भने ।

सुन तस्करी प्रकरणको अनुसन्धानको लागि छानविन गर्न आयोग गर्ने र त्यसको कार्यादेश कस्तो हुने भन्ने विषयमा पहिले नै सहमति भइसकेको बताएका छन् ।
प्रधानमन्त्रीसहित, एमाले, काँग्रेस तथा अन्य राष्ट्रिय पार्टीका शीर्ष नेताबीच कार्यदल गठनको विषयमा साउन ६ गते भएको सहमतिमै कार्यादेशबारे सहमति भएको बताएका हुन् । एमालेले त्यसबेला भएको सहमतिलाई अहिले आएर पालना नगरी अर्को कुरा गरेको उनको भनाइ छ ।

‘कार्यदेश त पहिले नै तय भइसकेको छ । हामी अहिले के भन्न चाहन्छौं भने साउन ६ गते उच्चस्तरीय आयोग बनाउने विषयमै सहमति भएको छ । त्यहीबेला कार्यदेशमा सहमति भइसकेको छ,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, काँग्रेसका नेता र राष्ट्रिय पार्टीका सबै नेता बसेर कार्यदल बनेको छ । त्यही कार्यदलमा भएको सहमति अनुसार कार्यादेश बन्ने हो । त्यही अनुसार बन्नुपर्छ भन्ने हाम्रो चाहना हो । एमालेले पहिले आफूले सही गरेको कार्यदेशलाई किन सहमति जनाउनु भएको छैन । त्यो उहाँहरुको कुरा भयो ।’

उनले सीमानामा चोरी तस्करीमा कडाइ गरेकै कारण राजस्व बढेको दाबी गरे । ‘हामी सीमा नाका कडाई गर्ने अभियानमा छौं । सीमानाबाट हुने चोरी तस्करी कडाइ गरेका छौं । त्यही कारण पहिले भन्दा तीनगुणा बढी राजस्व उठेको छ । सीमानाका जनतालाई पनि धेरै कडाइ गर्नुहुँदैन भन्ने नीति लिएका छौं । तर, व्यापारिक हिसावले विभिन्न नाममा सीमापारी गएर सामान ल्याउनेलाई कडाइ गर्ने भनेका छौं,’ श्रेष्ठले भने ।

उनले सुशासनको अभियानलाई निरन्तर अगाडि बढ्ने विषयमा प्राथमिकता निर्धारण गरेर सम्बन्धीत निकाय अगाडि बढ्ने पनि बताए । ‘प्राथमिकताक्रमको आधारमा राज्यलाई नोक्सानी गर्नेहरुमाथि छानबिन र अनुसन्धान हुँदै जान्छ,’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्