विराटनगर । राठी ग्रुपले 'राठी फायर एक्स-जेडएचएफआर' केवल सार्वजनिक गरेको छ।
नेपाली बजारमा विगत ४० वर्षदेखि राठी ग्रुपले इलेक्ट्रिक उत्पादन गर्दै आएको 'राठी फायर एक्स-जेडएचएफआर' केवल सार्वजनिक गरेको हो।
राठी ग्रुप अन्तर्गत अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रा. लि. हाउस वाइरिंगदेखि पावर केबलसम्म सबै किसिमका तार सन् २००१ देखि उत्पादन गर्दै आइरहेको छ। अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रालिले केही समय अघि नेपाली बजारमा पहिलो पटक 'राठी एफआरएलएस केवल' सार्वजनिक गरेको थियो।
समयको माग अनुसार सुरक्षा र गुणस्तरलाई ध्यानमा राख्दै नेपाली बजारमा पहिलो पटक वाइरिङ्गको सम्पूर्ण समस्याहरुको समाधानको लागि राठी फायर एक्स-जेडएचएफआर केवल ल्याएको अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रालिले जनाएको छ ।
उक्त तार सिलीकन रबर पोलीयूराथिनबाट बनेको हुन्छ । जस्ले गर्दा यो तारमा १०५ डीग्री सेल्सियस तापक्रमसम्म आगो नलाग्ने र मुसाले पनि नकाट्ने कम्पनीले दाबी गरेको छ।
राठी फायर एक्स-जेडएचएफआर (जीरो हेलोजिन फ्लेम रिटार्डेण्ट ) केवल नयाँ र आधुनिक प्रविधिको संसार मै भर्खर आएको केबल हो जुन धेरै तापक्रम भएको ठाउँहरु जस्तै सिनेमा हल, फ्याक्ट्री , सुपरमार्केट आदिमा ढुक्क भएर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।