विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सघाउने

<span class='c1'>विकासशील देशमा स्तरोन्नति हुने</span> <span class='c2'>नेपालको लक्ष्यमा कोरियाले सघाउने</span>

काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आज साँझ राजधानीमा आयोजित कोरियाको राष्ट्रिय दिवस कार्यक्रममा राजदूत तेयोङले अल्पविकसित राष्ट्रबाट उठ्ने तयारीमा रहेका नेपालका लागि कोयिा सधै साझेदार रहने बताउनुभयो ।

कोरिया–नेपाल सम्बन्ध दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएयता सधै सुमधुर रहेको चर्चा गर्दै रोजगारी अनुमति पद्धति (इपिएस)मा आबद्ध १६ देशमध्ये नेपाल यो वर्ष पहिलो नम्बरमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष २० हजार नेपालीलाई कोरियामा काम गर्ने अवसर प्रदान गरिएको छ ।”

नेपाली कामदारलाई कोरियालीसरह सुविधा प्रदान गरिएको जानकारी दिँदै कोरियाली राजदूतले दुई देश भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेका बताउनुभयो । “हिमालयको पदयात्रा र बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्राका लागि वर्षेनी ३० हजार कोरियन नेपाल आउँछन्,” उहाँले भन्नुभयो ।

विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलव्ध गराएको जानकारी दिँदै कोरियाली राजदूतले बितेका ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले एक सय ५७ विकास परियोजना कार्यान्वयन गरेको बताउनुभयो ।

कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५० औँ वर्षमा प्रवेश गर्ने जानकारी दिँदै राजदूत तेयोङले गत साता संयुक्त राष्ट्रसङ्को ७८ औँ महासभाका क्रममा राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच न्यूयोर्कमा द्विपक्षीय वार्ता भएको बताउनुभयोे । त्यसबेला पनि उहाँहरूले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव स्मरणीय बनाउने तथा पारस्परिक सहयोगका दायरालाई अझ सघन बनाउनेबारेमा छलफल गर्नुभएको जानकारी राजदूत तेयोङले दिनुभयो ।

कोरियाली राजदूतका अनुसार हालसम्म कोरियामा करिब दुई हजार नेपालीलाई डिग्री वा तालिमको अवसर प्रदान गरेको छ । कोरिया नेपालको लागि चौथो ठूलो विदेशी लगानीकर्ता हो । सामसङ इलेक्ट्रोनिक्सले गत अप्रिलदेखि अत्याधुनिक टिभी कारखाना सञ्चालन गर्दै आएको छ । नेपाली कम्पनीले हुन्डाई मोटर्ससँगको साझेदारीमा आगामी वर्षको पहिलो छ माहिनामा नेपालको पहिलो अटोमोबाइल उत्पादन नवलपलासीमा सुरु गर्ने तयारी गरिरहेको छ ।

कोरियन विग कम्पनी मान्डुमोले यहाँ लगानी गरी छ सय ८० नेपाली महिलालाई काममा लगाएको कोरियाली राजदूतले जानकारी दिनुभयो । “कोरियाली कम्पनीहरूले थप लगानी आकर्षित गर्न नेपालसँग द्विपक्षीय लगानी सन्धि आवश्यक छ । हामी त्यसमा काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

दक्षिण कोरियाले नेपालमा तेस्रो जलविद्युत प्लान्ट निर्माण गर्ने प्रक्रियामा रहेको उल्लेख गर्दै कोरियाली राजदूत तेयोङले कोरियाली सरकार र कम्पनीहरूले सन् २००० मा मोदीखोला जलविद्युत आयोजना र २०१८ मा चमेलिया जलविद्युत आयोजना सम्पन्न गरेको बताउनुभयो । दुई १६ मेगावाटको माथिल्लो त्रिशिली–१ जलविद्युत् आयोजना सन् २०२७ मा सञ्चालनका लागि निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो । राजदूत तेयोङले भन्नुभयो, “नेपालको जलविद्युत विकास सम्भावनालाई साकार पार्न कोरियाले सहकार्य गरिरहनेछ ।”

समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी र नेपाल सरकारको वरिष्ठ अधिकारी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती थियो । सोही समारोहमा नेपाल र कोरियाको संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्