सिटीजन लाइफ इन्‍स्‍योरेन्‍सको आईपीओ नेप्सेमा सूचीकृत

सिटीजन लाइफ इन्‍स्‍योरेन्‍सको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा बुधबारदेखि सूचिकृत भएको छ ।

कम्पनीको शेयर सिएलआई सिम्बोलबाट सूचिकृत भएको हो ।

कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कायम भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचिकृत भएको हो ।

कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेन्ज दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्