कोशी प्रदेशमा भोलि झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने

<span class='c1'>कोशी प्रदेशमा भोलि झागड–उँराव</span> <span class='c2'>समुदायलाई सार्वजनिक विदा दिने</span>

विराटनगर । कोशी प्रदेश सरकारले झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको छ ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले असोज १२ गते हुने करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको हो ।

यस्तै झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निणर्य समेत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबलभ अधिकारीले जानकारी दिए ।

उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निणर्य समेत भएका जानकारी दिँदै उनले कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निणर्य समेत भएको उनले बताए ।

प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निणर्य भएको बताउदै उनले भने,‘सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निणर्य भएको छ। ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्