‘स्विच’ थिचेर एमाले कोशी प्रदेश अधिवेशन उद्घाटन

‘स्विच’ थिचेर एमाले कोशी प्रदेश अधिवेशन उद्घाटन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले पार्टीको कोसी प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।‌

विराटनगरमा आयोजित उद्घाटन समारोह कार्यक्रममा ओलीले 'डिजिटल ब्यानरको स्विच' थिचेर अधिवेशन उद्घाटन गरेका हुन् ।‌

अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय नेताहरु विराटनगरमा भेला भएका छन् ।‌ अधिवेशनमा १०४७ प्रतिनिधि सहभागी छन् ।‌ शनिबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।‌

वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु लगायत सहभागी छन् ।‌
यसअघि कार्यक्रमस्थलमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।‌

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्