एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजियो : शंखर पोखरेल

एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजियो : शंखर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको दाबी गरेका छन् ।

विराटनगरमा आयोजित एमाले कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले जातिय र धार्मिक अतिवाद शुरु भएको र अतिवाद निम्ताएर एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको दाबी गर्दै उनले एमाले पहिचान विरोधी पार्टी नभएको दाबी गरे ।

कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवादी जाग्ने बताउदै उनले अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने समेत आरोप लगाए । कोशी प्रदेश सरकारको सन्दर्भमा उनले नेकपा एमालले बहुमत प्राप्त नगर्दा कोशी प्रदेशमा सरकार फेरबदल भएको बताउदै उनले यसले जनादेशको अपमान भएको बताए । ०८४ को निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै उनले एमालले मुलुकमा राजनीतिक स्थायित्व दिन , सामाजिक सद्धभाव दिन मिसन ८४ को उदेश्य रहेको बताए ।

‘सामाजिक अराजकता देखा परेको छ, एमालेले अहिले देखापरेको अराजकतालाई अन्त्य गरिनुपर्छ, उनले भने,‘समाजिक, सांस्कृतिक र नैतिक विचलन, मुल्य मान्यता, धर्म संस्कृतिमा वचलित बनाउने हमला गर्ने लाई खबरदारी गर्नुपर्ने छ ।’ ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्