विराटनगर–१६ मा चुनावी प्रतिवद्धता पूरा नभएको भन्दै वडा अध्यक्षसँग स्थानीय आक्रोशित

विराटनगर–१६ मा चुनावी प्रतिवद्धता पूरा नभएको भन्दै वडा अध्यक्षसँग स्थानीय आक्रोशित

विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाबासी आन्दोलित छन्।

विगत लामो समयदेखि आफ्नो वडामा सडक मर्मत नभएको तथा सडकमा बत्ती जडान नभएको भन्दै वडाबासी आन्दोलित भएका हुन्।

चुनावको प्रतिवद्धता अनुसार विकास निर्माणको कार्य नगरेको वडाबासी आरोप छ। राजस्व संकलन गर्ने बेलामा जनतालाई मारेर राजस्व उठाउने तर महानगरले केहि सेवा सुविधा नदिएको स्थानीय अजय शर्माले बताए।

वडाको सडकहरु खाल्डा खुल्डी भएको लामो समय भई सक्दा पनि वडा कार्यालयले त्यसमा ध्यान नदिएको स्थानीयको आरोप छ । रातीको समयमा सडकमा बत्ती नभएका कारण बाटो हिड्न तथा चोरी बढेको वडावासीको आरोप छ।

दक्षिणी भेगका वडाहरुलाई महानगरपालिकाले कम बजेट दिएको वडा अध्यक्षहरुको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्