एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको छ : अध्यक्ष ओली

<span class='c1'>एमालेले सरकारमा रहँदा उल्लेख्य काम</span> <span class='c2'>गरेको छ : अध्यक्ष ओली</span>

विराटनगर । एमाले नेतृत्वको सरकारले ३ बर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।

शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको दाबी गरे ।

नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । शेरबहादुर देउवा पाँच पटक र पुष्पकमल दाहाल 'प्रचण्ड' तीन पटक देशको प्रधानमन्त्री भएपनि केही काम गर्न नसकेको आरोप उनले लगाएका छन् ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रम बोल्दै एमाले मात्रै जेष्ठ नागरिक , महिला, किशोरीहरुको समस्या बुझ्ने पार्टी भएको बताए । एमाले नेतृत्वको सरकारमा आफुले उत्पात काम गरेको बताउदै ओलीले देउवा र प्रचण्डलाई प्रश्न गरेका थिए । ’महिलाका लागि केही गर्नु भो? शिक्षामा केही गर्नु भो ? उहाँहरुले केही गर्नु भएन'।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्